• ट्रेण्डिङ :

भारतीय नागरिकलाई झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न २ व्यक्ति नियन्त्रणमा

भारतीय नागरिकलाई झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न २ व्यक्ति नियन्त्रणमा

cnewsnepal

बिहिबार, साउन १४ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


प्रहरीले भारतीय नागरिकलाई झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न २ व्यक्ति नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले झुट्टा विवरण पेश गरी नागरिकताको प्रमाणपत्र लिएको भन्ने सूचना आधारमा नागरिकता लिने कार्यमा संलग्न २ व्यक्ति नियन्त्रणमा लिएको हाे ।

जिल्ला प्रहरी कार्यालय पर्सा का अनुसार भारतीय नागरिककविता कुमारी भन्ने सीता पटेलले कविता कुमारीको नाउँबाट जिल्ला प्रशासन कार्यालय, पर्साबाट झुट्टा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको फेला पेरकाे थियाे ।

उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रसाद खनालले जानकारी दिए।

जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१३ श्रीपुरबाट सीता पटेललाई नियन्त्रणमा लिईएकाे हाे । २८ वर्षिय कविता कुमारी भन्ने सीता पटेल भारत घर भई हाल जिल्ला पर्सा बहुदरमाई न.पा.वडा नं.२ वस्ने खुल्लेकाे छ ।

पटेलले बोकेको ब्यागमा जिल्ला प्रशासन कार्यालय पर्साबाट मिति २०७०।०९।११ गते जारी भएको ना.प्र.नं.३४-०१-७०-१०३५२ को साविक जिल्ला पर्सा बैरियाबिर्ता दा.पु. गा.वि.स. वडा नं.९ बस्ने धुरुप प्रसाद पटेलको छोरी कविता कुमारी भन्ने विवरण भएको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि फेला परेको छ ।

प्रहरीले उक्त प्रतिलिपि बरामद गरी सो नागरिकता बनाउन बुवा बनी सनाखत गरिदिने जिल्ला पर्सा बहुदरमाई न.पा.वडा नं. २ बस्ने वर्ष ५१ को धुरुप प्रसाद पटेललाई समेत ट नियन्त्रणमा लिई दुवै जनालाई नागरिकता सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट सात दिनकाे म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार