काठमाडौं, १५ साउन । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ गोकर्ण अत्तरखेल बिगमार्टस्थित सडकमा बा.४
ख १०२२ नम्बरको मिनीटाटाको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-८ माकलबारी बस्ने
रामेछाप उमाकुण्ठ गाउँपालिका घर भएका ३० वर्षीय राजन खड्काको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा
मृत्यु भएको हो । ठक्करबाट घाइते भएका सोही नगरपालिका-८ माकलबारी बस्ने सिन्धुपाल्चोक
त्रिपुरेश्वर गाउँपालिका घर भएका २५ वर्षीय अर्जुन बिकको सोही अस्पतालमा उपचार
भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, लक्ष्मिनिया गाउँपालिका-४ सपहीस्थित सडकमा प्रदेश २-०२-००१ झ ००३५
नम्बरको स्कारपियो पिकअप अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा स्कारपियो चालक
महोत्तरी सितापुर भंगहा नगरपालिका-९ बस्ने ४५ वर्षीय दिपक यादव मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै
मृत्यु भएको हो । घाइते भएका मठियानी नगरपालिका-२ बस्ने ४५ वर्षीय त्रिलोक रायको
जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका अन ४ जना उपचार
पश्चात डिस्चार्ज भएका छन् ।
म्याग्दी, धवलागिरी गाउँपालिका-७ धारापानीमा ग.१ ज ६८०५ नम्बरको बोलेरो जीप
सडकबाट करिब ३ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा जिपमा सवार सोही
गाउँपालिका-७ ताकम बस्ने २७ वर्षीय विकाश सुनारको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य ९ जनालाई उपचारका लागि बेनी अस्पताल म्याग्दी पठाइएको
छ ।
कपिलवस्तु, वाणगंगा नगरपालिका-३ कर्मनास्थित सडकमा लु.४ त ८०७९ नम्बरको
ट्रयाक्टर कलबोर्डबाट खस्दा सोही नगरपालिका-११ बस्ने ३० वर्षीय राम प्रसाद थारूको मृत्यु
भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।