१७ साउन बाँके ।
बाँके, १७ साउन। भाइको हत्या गरेको अभियोगमा दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।
३८ वर्षीय गणेश सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा खजुरा गाउँपालिका-२ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी उनीहरुबीच भएको सामान्य विवादमा गुमानले शुक्रबार राति
कुटपिट गर्दा घाइते भई घरमै बसेको अवस्थामा गणेशको मृत्यु भएको थियाे ।
कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले कुटपिट गर्ने गुमानलाई पक्राउ गरेको हाे । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार