• ट्रेण्डिङ :

बिभिन्न स्थानमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

बिभिन्न स्थानमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

cnewsnepal

आइतबार, साउन १७ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं, १७ साउन । सल्यान, छत्रेश्वरी गाउँपालिका-५ लेखपोखारास्थित सडकमा प्रदेश ३ ०२०२४ प ६७५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँस्थित चौरपानी बस्ने २३ वर्षीय शानिक बुढामगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो

रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-६ स्थित सडकमा यूपी ५५ सि ६०४६ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको ट्याक्टरले शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बाँके, कोहलपुर नगरपालिका-८ बाबानगरस्थित सडकमा भे.१ च ५८६ नम्बरको एम्बुलेन्सको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार