• ट्रेण्डिङ :

म्याद सकिएका सामान ‘रि-लेबलिङ’ गर्ने कम्पनीमा प्रहरीको छापा (तस्विर सहित)

म्याद सकिएका सामान ‘रि-लेबलिङ’ गर्ने कम्पनीमा प्रहरीको छापा (तस्विर सहित)

cnewsnepal

आइतबार, साउन १७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं – महानगरीय अपराध महाशाखाले मिति सकेर पुनं रिलेबलिङ गर्ने कम्पनीमा प्रहरीले छापा हानेको छ।

म्याद सकिएका सामानहरु महानगरीय अपराध महाशाखाको टोलीले आइतबार काठमाडौं महानगरपालिका–१५ स्थित सानो भर्याङमा रहेको समिट कर्मसियल कम्पनीमा छापा मारेको हो।

महाशाखाकाे बिशेष अप्रेसनमा समिट कर्मसियल कम्पनी प्रा.लीका सञ्चालक अविनाश अग्रवाललाई  नियन्त्रणमा लिएको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले बताए । (एसपी) कृष्ण पंगेनीले भने,म्याद सकिएका सामनहरु रिलेबलिङ गर्दै ठूला–ठूला स्टोरदेखि भाटभटेनीमा समेत पठाउने कार्यमा संलग्न रहेको आरोपमा  अग्रवाललाई समेत नियन्त्रणमा लिएको छाै र अग्रवालले घर नै भाडामा लिएर म्याद सकिएका सामग्रीहरु रिलेबलिङ गर्ने गरेको पाइएको छ।

महाशाखाले काठमाणडाैकाे गणावहाल र सानो भर्याङमा वाट कराेडाै मुल्य बरावरकाे घराएसी

अग्रवालको कम्पनीबाट कस्मेटिक सामान, बडी स्प्रे, रुम स्प्रेलगायत क्रिम लगायत दैनिक जिवनमा अावश्यक  अन्य सामग्रीहरु ठूलो परिमाणमा बरामद भएको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले जानकारी दिए।

 

अग्रवालको म्याद सकिएका सामानहरु रिलेबलिङ गर्ने कम्पनीमा छापा मार्न गरेकाे पाइएकाे छ । अपराध महाशाखा प्रमुख चन्द्र कुवँर खापुङ समेत अाफै पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार