• ट्रेण्डिङ :

कास्की ट्राफिक प्रहरीकाे साताव्यापी सचेतना अभियानकाे थालनी (तस्विर सहित)

कास्की ट्राफिक प्रहरीकाे साताव्यापी सचेतना अभियानकाे थालनी (तस्विर सहित)

cnewsnepal

आइतबार, साउन १७ २०७८
पढ्न लाग्ने समय: < ३ मिनेट


१७ साउन पाेखरा  । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले दुर्घटना न्युनिकरण र सडक सुरक्षा प्रभावकारी र जनस्वास्थ्यलाइ   ख्याल गर्ने भन्दै  सचेतना अभियानकाे थालनी गरेकाे छ ।

ट्राफिक प्रहरी कार्यालय कास्कीले  सडक दुर्घटना कम गर्ने तथा नागरिक सचेतनाका लागि साउन १७ गते (आइतबार)बाट सात दिने ट्राफिक सचेतना कार्यक्रम अभियान सुरु गरेको हो ।

सवारी चालक र सर्वसाधरणलाई अनिवार्य ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ ।प्रहरीले    कोरोनाभाइरस (कोभिड-१९) महामारी अझै सक्रिय रहेकाले मास्क तथा सेनिटाईजरको अनिवार्य प्रयोग, लेन अनुशासनसहित ट्राफिक नियम अनिवार्य पालना गर्न आग्रह गरेको हो ।

प्रहरीले    कोरोनाभाइरस (कोभिड-१९) महामारी अझै सक्रिय रहेकाले मास्क तथा सेनिटाईजरको अनिवार्य प्रयोग, लेन अनुशासनसहित ट्राफिक नियम अनिवार्य पालना गर्न आग्रह गरेको छ ।

पोखराकाे  पृथ्बिचोक स्थित सडकमा  सार्बजनिक तथा निजी सवारी चालकहरुले सवारी संचालन गर्दा पालना गर्नु पर्ने स्वास्थ्य मापदण्ड र ट्राफिक सचेतना गराउने उदेश्यले सात दिने ट्राफिक सचेतनामुलक कार्यक्रममा आयोजना गरिकाे जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतले बताए । प्रहरी  निरीक्षक बस्नेतले भने,सडकको समस्या र हाईवे भएकाले मालवाहक सवारी साधन बढि गुड्ने भएकाले रातको समयमा बढि सडक दुर्घटना हुने गरेको उनकाे भनाइ छ  ।ट्राफिक व्यवस्थापनको लागि जनस्तरबाट सहयोगको खाचो रहेको उनले अाैलाए  । सवारी दुर्घटना न्यूनिकरणमा चालक मात्र नभई यात्रु पनि उत्तिकै सचेत हुनुपर्नेमा उनले जोड दिए ।

कारोना महामारीका कारण सबै क्षेत्र अझैपूर्ण रुपमा खुल्न बाँकी छ । स्मार्ट लकडाउन जारी छ । सडकमा सवारी चाप तुलनात्मक रुपमा सामान्य कम देखिएको छ । तथापी ट्राफिक नियम उल्लघंन भने उस्तै पाइएको छ ।

साउन महिनामा १६ सय सवारी साधन कारवाहीमा परेको ट्राफिक प्रहरी कार्यलय कास्कीले जनाएको छ । २०७८ बैशास यता मात्र करिब ५ हजार सवारी साधन कारवारीमा परेको तथ्याङक छ ।

भियान अन्तर्गत पोखरा बजार क्षेत्र सहित कास्कीभित्रका सवारी चाप हुने क्षेत्रहरुमा ट्राफिक नियमका बारेमा सन्देश मुलक प्ले कार्ड राख्ने, ट्राफिक नियमका बारेमा चोक चोकमा माइकिङ गर्ने, प्रचा बाँड्ने कार्यक्रम रहेको बस्नेतले जानकारी दिए । यो अभियानले नागरिकलाई जानकारी गराउने साथै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरेको छ ।

प्रहरीका अनुसार चालक पत्र नभएका र सह–चालकले समेत ट्राफिकलाई छलेर सवारी चलाउने गरेको पाइएको छ । ठुलो आवज निकालेर सवारी चलाउने,हाइवेमा नियम विपरित सवारी साधन चलाउने चालकहरुलाई राडरको प्रयोग गरेर नियन्त्रण तथा कारवाहि गरिरहेको ट्राफिक प्रहरी कास्कीले जनाएको छ ।

कार्यक्रममा सरोकारवाला निकाय तथा यातयात संचालक कम्पनि प्रा.लि.का प्रतिनिधीहरु, स्थानिय संचार कर्मी लगायत ट्राफिक प्रहरीको उपस्थितीमा लेन अनुशासन पालना गरौ, सवारी साधन चलाउदा ट्राफिक नियमको पालना गरौ, माक्स र सेनिटाईजरको अनिवार्य प्रयोग गरौ लगायतका अंकित प्लेकार्ड सहित चालक तथा सर्व-साधारणहरुले पालना गर्नु पर्ने कुराहरु सम्बन्धि पर्चा समेत बितरण गरीएकाे थियाे   ।

कास्की ट्राफिक प्रहरीका  केहि गतिविधिमुलक तस्विरहरू 

प्रतिक्रिया
सम्बन्धित समाचार