• ट्रेण्डिङ :

छिन्नमस्ता मन्दिरबाट चोरी भएको मुकुट सहित १ जना पक्राउ

छिन्नमस्ता मन्दिरबाट चोरी भएको मुकुट सहित १ जना पक्राउ

cnewsnepal

सोमबार, साउन १८ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


सप्तरी, १८ साउन ।सप्तरीको प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठबाट चोरी भएको भगवतीको चाँदीको मुकुट (मस्तक) सहित एक व्यक्ति पक्राउ परेका छन् ।

आइतबार राति ७ बजे मन्दिरबाट भगवतीको चाँदीको मुकुट चोरी भएको थियो । रातभरीको व्यापक खोजतलास पश्चात सोमबार बिहान चोरसहित मुकुट बरामद गरिएको प्रहरीले जनाएको छ ।

मुकुट चोरीमा संलग्न भएको आरोपमा प्रहरीले सप्तरीको विष्णुपुर गाउँपालिका–५ बस्ने राजेशकुमार मण्डललाई पक्राउ गरेको छ ।

मन्दिरबाट भगवतीको मुकुट चोरी भएपछि खोज तलासका लागि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

चोरिएको मुकुट भारत लैजान नपाउन भनेर प्रहरीले सप्तरीका भारत प्रवेश गर्ने नाका गए रातिदेखि नै बन्द गरेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार