१९ साउन काठमाडौं । दाङबाट प्रहरीले अटाेमेटिक पेस्ताेल सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पाेष्ट कालाकाटेकाे संयुक्त टाेलीले चेकजाँच गर्दा अटाेमेटिक पेस्ताेल सहित दुई जनालाई पक्राउ गरेकाे हाे । 
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द रिजालले पक्राउ पर्नेमा भारत सिद्धार्थ नगर पञ्चायत वढनि वडा नम्बर ३ वस्ने वर्ष २२ काे करमुल्लाह आमिर र वर्ष १८ काे राजा खानलाई पक्राउ गरिएको बताए ।
डिएसपी रिजालका भने,” गढवा गाउँ पालिका वडा नम्बर १ जुराैली स्थित पुर्व पश्चिम रमजमार्ग खण्डमा करमुल्लाह आमिरले दाहिने कम्मरमा लुकाईछिपाई राखेकाे अवस्थामा पेस्ताेल बरामद गरिएका हाै ।”
उनको साथवाट सिल्भर कलरकाे अटाेमेटिक पेस्ताेल १ थान, २ थान साेमा प्रयाेग हुने म्यागजिन र दुई थान गाेली र तीन थान माेवाईल समेत बरामद गरेकाे छ ।
प्रहरी स्राेतका अनुसार ठुलाे घटना हुन वाट जाेगिएकाे छ । प्रहरीका अनुसार उनिहरू हतियार सहित किन आए र कुन उदेश्यले आए भन्ने बिषयमा थप अनुसन्धान गरिरहेकाे छ