१९ साउन काठमाडौं । सप्तरी, खडक नगरपालिका-४ अमहास्थित सडकमा सोमबार साँझ भएको सवारी
दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेहरुमा सप्तरी शम्भुनाथ नगरपालिका-७ बस्ने२८ वर्षीय बुद्ध सागर चौधरी र सिरहा लहान नगरपालिका-१७ बस्ने २८ वर्षीय रामशंकर यादव रहेका छन् ।
बा.२ ख ५६८२ नम्बरको बसलाई स.११ प ४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई प्रदेश नम्बर २-०१-००१ प ९५५६ नम्बरको मोटरसाइकलमा ठोक्किदा दुर्घटना भएको हो ।
मृत्यु हुनेहरुमध्ये स.११ प ४०३८ नम्बरको मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको हो भने दुर्घटनामा गम्भीर घाइते भएका भएका प्रदेश नम्बर २-०१-००१ प ९५५६ नम्बरको मोटरसाइकल चालक यादवको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अन्य २ जनालाई सप्तऋषि अस्पताल हुँदै थप उपचारको लागि न्यूरो अस्पताल
बिराटनगर पठाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, गौरीगंगा नगरपालिका-३ बासुदेबस्थित सडकमा से.१ प ८५११ नम्बरको मोटरसाइकल पिल्लरमा ठोकिएर सोमबार राति दुर्घटना हुँदा भई मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरूषको मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।