• ट्रेण्डिङ :

स्रोत नखुलेको रकम सहित २ जना पक्राउ

स्रोत नखुलेको रकम सहित २ जना पक्राउ

cnewsnepal

मंगलबार, साउन १९ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


१९ साउन नवलपरासी ।  बर्दघाट नगरपालिका-१२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको ९ लाख
भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पाल्हिनन्दन गाउँपालिका-२ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र भारत उत्तर प्रदेश महाराजगंज ठुटीवारी बस्ने २७ वर्षीय समिर खान रहेका छन् ।

लु.१६ प ३७२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले जाँच गर्ने
क्रममा उनीहरुको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइने जिल्ला प्रहरी कार्यालय नवलपरासी(पश्चिम)ले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार