• ट्रेण्डिङ :

मन्त्रिपरिषद् चाँडो विस्तार गर्न माग

मन्त्रिपरिषद् चाँडो विस्तार गर्न माग

cnewsnepal

आइतबार, साउन २४ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


/fli6«o;efsf] a}7s sf7df8f}F, @$ ;fpgM ;ª3Lo ;+;b ejg gofF afg]Zj/df cfOtaf/ a;]sf] /fli6«o;efsf] a}7s . tl:a/M /Tg >]i7÷/f;;

मन्त्रिपरिषद् चाँडो विस्तार गर्न माग

काठमाडौँ, २४ साउन : राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्यले मन्त्रिपरिषद् चाँडो विस्तार गरी प्राकृतिक विपत्ति र कोरोना महामारी रोकथाममा उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् ।

बैठकमा सदस्य डा विमला राई पौड्यालले छिटो मन्त्रिपरिषद् विस्तार गर्न र सरकार संसद्प्रति जवाफदेही बन्न आग्रह गरे ।

सदस्य डा खिमलाल देवकोटाले सरकार पारदर्शीरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै ज्येष्ठ नागरिकका मुहारमा खुशी ल्याउने कार्यक्रम ल्याउन सुझाव दिए ।

सदस्य शेरबहादुर कुँवरले दार्चुलामा तुइनबाट सीमापार गर्न लाग्दा बेपत्ता भएका नागरिकका सम्बन्धमा सरकारले देशको स्वाभिमान उँचो राख्ने गरी प्रभावकारी छानविन गरी काम गर्न माग गरे ।

अर्का सदस्य जीतेन्द्रनारायण देवले विगतका समयमा आमूल परिवर्तनका लागि भएको आन्दोलनको मर्म र भावनाअनुसार नयाँ सरकारले काम गर्न र वर्तमान गठबन्धन लामो सयमसम्म अघि बढेमा सङ्घीयता, समावेशीता, गणतन्त्र र रुपान्तरणका कार्यसूची सफल हुने बताए ।

सदस्य चक्रप्रसाद स्नेहीले छिमेकी भारतले नेपालसँग ‘रोटी र बेटी’को सम्बन्ध भनिए पनि यसअनुसारको व्यवहार नभएको बताए ।सदस्य खेमकुमार विकले प्रतिनिधिसभा दुई पटकसम्म विघटन हुनुले जनताको सार्वभौम थलोमाथि आक्रमण भएको बताउनुभयो । सदस्य देवेन्द्र दाहालले सदनमा विधेयक ल्याउन आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार