२७ साउन, काठमाडौं । महानगरीय अपराध महाशाखाकाे टाेलीले उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ गरेकाे छ ।
महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले डोटी केआइ सिंह गाउँपालिका(६ घर भइ हाल कीर्तिपुर नगरपालिका ७ बस्दै आएका २६ वर्षीय किशोर भट्टरकुशल भट्ट भनिने केशव भट्टलाई कलंकी स्युचाटारबाट पक्राउ गरेको बताए ।
पक्राउ परेका उनको साथबाट प्रहरीले उनले प्रयोग गर्ने गरेको सिमकार्डसहितको आइफोन, प्रभू बैंकको एटीम, त्रि(चन्द्र कलेजको विद्यार्थी परिचयपत्र र किशोर भट्ट नामकै नेपाल प्रहरी अस्पतालको ब्लड ग्रुप कार्ड बरामद गरेको छ ।
उनले यसअघि २०७५ साल चैत २६ गते यस्तै प्रकृतिको साइबर क्राइम र ठगी मुद्दामा २० हजार जरिवाना र १ वर्ष कैद सजाय भोगिसकेको एसपी कृष्ण पंगेनीकाे भनाइ छ ।
यसका साथै उनले कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जालमार्पत चिनाजान गरी साथी बनाएर आफू परराष्ट्रमन्त्रालयको सह(सचिव समेत हुँ भन्दै ठगी गर्दै आएको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको अपराध महाशाखाले जनाएको छ ।