• ट्रेण्डिङ :

कैलालीबाट सुनसहित तीन जना पक्राउ

कैलालीबाट सुनसहित तीन जना पक्राउ

cnewsnepal

बुधबार, साउन २७ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


२७ साउन, धनगढी । प्रहरीले सुनसहित कैलालीबाट तीन जना पक्राउ गरेकाे छ  । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय,अपराध अनुसन्धान समूह (RIT) र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ ख ८३४९ नम्बरको महाकाली यातायातको बसलाई चेकजाँच गर्दा बसमा सवार तीन जनालाई ४४९.७७ ग्राम सुन,नगद रू.४९,४०५ र मोवाइल थान-५ सहित पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ३५ वर्षीय ९बसको कण्डक्टर० भवानी घिमिरे, अत्तरियाको शैलेश्वरी सुनचाँदी पसलमा काम गर्दै आएका सुनसरी रामधुनी नगरपालिका–३ सिंगियाका २६ वर्षीय राजु विक र शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय समिर सिंजापति छन् ।

बरामद गरिएका सुन तथा नगद

प्रहरीले उनीहरुलाई बुधबार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । पक्राउ परेकामध्ये भवानी घिमिरेको साथबाट ४९।९५ ग्राम सुनको बाला, २६ हजार दुई सय नगद र घिमिरेको साथमा सुनका बाला र सिक्री गरेर ३४९।८७ ग्राम सुन, ६ हजार ९ सय रुपैयाँ थियो । तर उनीहरुले सबै सुन र गहना अत्तरियास्थित शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक सिंजापतिलाई दिइसकेको अवस्थामा खानतलासी गरेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सिंजापतिको साथबाट प्रहरीले नगद १६ हजार तीन सय समेत गरेर कुल ४९ हजार ४ सय रुपैयाँ बरामद गरेको थियो । पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार