• ट्रेण्डिङ :

आन्दोलनरत शिक्षकहरु पक्राउ ‍( भिडियो सहित )

आन्दोलनरत शिक्षकहरु पक्राउ ‍( भिडियो सहित )

cnewsnepal

शुक्रबार, साउन २९ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


बिभिन्न माग राख्दै प्रधानमन्त्री निवास घेराउ गर्न गएका शिक्षकहरुलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

पटक पटक आफ्नो मागका बिषयमा सरकारलाई जानकारी गराउदा पनि कार्यान्वयन नभएको भन्दै आन्दोलनरत नेपाल शिक्षक महासंघले शुक्रबार प्रधानमन्त्री निवास घेराउ गर्ने तयारी गरेका थिए । प्रधानमन्त्री निवास तर्फ जादै गर्दा उनीहरुलाई काठमाडौंको नक्सालबाट प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले ७० भन्दा बढि शिक्षकलाई नियन्त्रणमा लिएको महासंघले जनाएको छ ।

आन्दोलनका लागि महासंघले बिभिन्न जिल्लाबाट पनि शिक्षकहरुलाई काठमाडौं बोलाएको थियो ।संघीय शिक्षा ऐन जारी गराउने, न्यून तलबमा काम गरेका बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको समयोचित तलब वृद्घि गर्ने लगायत माग महासंघले राखेको छ ।

यस्तै शिक्षक, कर्मचारीलाई अविलम्ब कोभिड विरुद्घको खोप लगाउने तथा कोभिड संक्रमित शिक्षक कर्मचारीको लागि बिमा र निःशुल्क उपचारको व्यवस्था गर्ने तथा हाल संस्थागत विद्यालयमा भएका शिक्षक कर्मचारी निष्कासन गर्ने कार्यलाई रोक्ने लगायतका माग पनि महासंघले अघि सारेको छ । यसअघि उनीहरुले ७५३ पालिकामा रिले अनसन गरेको थियो ।

भिडियो

प्रतिक्रिया
सम्बन्धित समाचार