नेपालमा शुक्रबार थप ३ हजार ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ११ हजार ७०८ पिसिआर परिक्षणका क्रममा २ हजार ७ सय ६३ र ६ हजार ८ सय ७४ एन्टीजेन परिक्षणका क्रममा १ हजार १ सय ५२ पुगेको हाे ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २ हजार ५६६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार २ सय ३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ हजार १ सय १८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ७९ हजार ४९५ संक्रमित निको भएका छन् ।
हाल नेपालमा ३८ हजार ७९८ सक्रिय संक्रमित आइशोलेशन र ४३९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३७ लाख ४० हजार ८१७ वटा पिसिआर र ३ लाख ८६ हजार ९२९ वटा एन्टीजेन परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त