एजेन्सी । तालिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका छन् । देशभर कब्जा जमाउँदै अघि बढेको तालिवान आइतबार मात्रै काबुल प्रवेश गरेको थियो ।

राष्ट्रपति कार्यालय छिरेपछि तालिवानले २० वर्षे लामो यात्रको थकाइ मारेका छन् । उनीहरुले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिरहरू खिचेका छन् ।
अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन् । योसँगै अफगानिस्तानमा युद्ध सकिएको तालिवानले जनाएको छ ।
सन् २००१ मा अमेरिकाको ट्वीन टावरमा आक्रमण गर्ने ओसामाबिन लादेनलाई आश्रय दिने अफगानिस्तानको तालिवान सरकारविरूद्ध अमेरिकाले २० वर्षअघि सैन्य कारबाही सुरू गरेको थियो । त्यो कारबाहीबाट तालिवान विस्थापित गरेको थियो ।











तस्वीर : एजेन्सी
प्रतिक्रिया
सम्बन्धित समाचार