• ट्रेण्डिङ :

प्रदेश २ का प्रमुख फेरिए : हरिशंकर मिश्र नियुक्त, राजेश अहिराज पदमुक्त

प्रदेश २ का प्रमुख फेरिए : हरिशंकर मिश्र नियुक्त, राजेश अहिराज पदमुक्त

cnewsnepal

मंगलबार, भाद्र १ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघिका प्रदेश प्रमुख राजेश झा (अहिराज) भने पदमुत हुनुभएको छ । राष्ट्रपति कार्यालयदवा जारी विज्ञप्तिामा मन्त्रिपरिषद्को साउन ३२ गतेको निर्णयअनुसार संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम झालाई पदमुक्त गरिएको उल्लेख छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले माओवादी कोटाका तिलक परियारलाई हटाएर ७ फागुन २०७७ मा झालाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार