२भदौ काठमाडौं । नेपालकै पहिलाे महिला मुख्य मन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्। संघीयतामा प्रवेश गरेपछि पहिलो पटक महिलाले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । बुधबार एमाले नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँगै पहिलो महिला मुख्यमन्त्री बनेर इतिहास रचेकी हुन् ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा एमाले नेतृ अक्ष्टलक्ष्मी शाक्य नियुक्त भए संगै दुई जना मन्त्री पनि नियुक्त गरेकी छन्।

पहिलो महिला मुख्यमन्त्री शाक्यले सपथ ग्रहणलगत्तै दुई जना मन्त्री पनि नियुक्त गरेकी हुन् ।
उनले सांसद केशव पाण्डेलाई आन्तरिक मामिला र कृष्णप्रसाद खनाललाई सामाजिक विकास मन्त्री नियुक्ति गरेकी हुन्।
बुधबार नेकपा एमालेबाट विभाजन भई माधवकुमार नेपालले एमाले समाजवादी पार्टी दर्ता गरेकै दिन शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री चयन भएकी हुन्।
एमालेको केपी ओली पक्षले उनलाई बुधबार नै बाग्मती प्रदेशको संसदीय दलको नेता चुन्दै मुख्यमन्त्री बनाएको हो।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त