राेसन दानी ४ भदौ, जनकपुरधाम । सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ।
नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएकै दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक झालाई नियुक्त गरेको हाे ।
सप्तरीको राजविराजका झा एमालेको भातृ संगठन युवा संघका उपाध्यक्ष हुन्।
सरकारले स्पष्टीकरण सोधेका गुरू भट्टराईले महाप्रबन्धकबाट राजीनामा दिएपछि रिक्त पदमा झालाई नियुक्त गरिएको एक मन्त्रीले बताए।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई अहिलेको सरकारले स्पष्टीकरण सोधेपछि उनले स्पष्टीकरण नदिई राजीनामा दिएका थिए ।
सरकारले बिहीबार बागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव नेपालको सचिवालयमा लामो समय काम गरेका यादवचन्द्र शर्मालाई नियुक्त गरेको थियो ।
गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।