• ट्रेण्डिङ :

घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल : पुर्व प्रधानमन्त्री ओली

घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल : पुर्व प्रधानमन्त्री ओली

cnewsnepal

शनिबार, भाद्र ५ २०७८
पढ्न लाग्ने समय: < ५ मिनेट


काठमाडौँ,भाद्र ५। काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं १५ तीन थानामा निर्माणाधीन “भिराडिल खाइके साकुरा” पार्कको शुक्रबार पुर्वप्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थलगत अवलोकन गरेका छन्  ।

अवलोकन पश्चात आयोजित कार्यक्रममा पुर्वप्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिकाको वडाध्यक्ष शैक्षिक विकासका लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन ।धर्तीमा काम नलाग्ने ठाउँ कुनै पनि नुहने बताउँदै अध्यक्ष ओलीले भने “यो धर्तीमा काम नलाग्ने मानिस पनि कोही हुँदैन, धर्तीमा काम नलाग्ने वस्तु कुनै पनि हुन सक्दैन, सदुपयोग गर्न जान्नुपर्छ,भीरको डील पनि यति उपयोगी हुने रहेछ” ।

साधारणतया मानिस भीरमा नजाने भन्दै उहाँले त्यसलाई फरक ढंगले व्यवस्थित गर्यो भने भीरको डील पनि गन्तव्यस्थल बन्न सक्ने बताएका थिए । भीरलाई कसरी एउटा आकर्षक गन्तव्य बनाउन सकिन्छ, कसरी योग केन्द्र बनाउन सकिन्छ, ध्यान केन्द्र बनाउन सकिन्छ, विकासको प्राय बनाउन सकिन्छ भन्ने कुराहरु सिक्न भिराडिल खाइके साकुरा पार्क उपयुक्त रहेको उनको भनाइ रहेको थियो ।

साकुरा नेपाल र जापानबीचको सम्बन्धको एउटा उदाहरण भएको बताउदै यस्तै विकास देशका अन्य ठाउँले पनि विकास गर्नुपर्नेमा जोड दिएका थिए । शिक्षा, स्वास्थ्य, योग र मनोरञ्जनका क्षेत्रमा सो वडाका देखिएको भन्दै अध्यक्ष ओलीले शैक्षिक कोषमा एक लाख रुपैयाँ आफूले पनि हालिदिने घोषणा गरेका थिए । सो वडामा कुनै पनि बालबालिका आर्थिक समस्याका कारण शिक्षाबाट वञ्चित नहुन भन्ने उद्देश्यसाथ वडाध्यक्ष उत्तमबहादुर राउतले आफूले पाउने तलब सुविधा जम्मा गरी कोष स्थापना गरेका हुने । अवलोकनमा पुर्वप्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको धर्मपत्नी राधिका शाक्य, पुर्व मन्त्रि एबम प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठ लगायत जनप्रतिनिधि कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो ।

टाढै बाट टक्क देखिने पिपलको चौताराको छेउमा करिब ९० मिटर लामो झोलुंगे पुल सहित वरपर बनमा चराचुरुंगीको चिरबिरले आनन्दित बनाउने सुरम्य बातावरणलाइ थप आकर्षक बनाउन डरलाग्दो खोंच र खोल्सालाइ रचनात्मक प्रयोग गरिएको सो पार्क पुर्वाधार बिअक्सको नमुना संरचन बनेको छ। भिराडिल क्षेत्रको करिब ३२ रोपनी क्षेत्रफलमा नेपाल सरकार संगको साझेदारीमा निर्माण हुन लागेको उक्त पार्कमा गल्छी पार्क ,मिनिरेल जिप लाइन रक क्लाइम्बिंग स्काईलाइन निर्माण गर्ने योजना रहेको छ । कार्यक्रममा वडाध्यक्ष उत्तमबहादुर राउतले पार्कको बारेमा जानकारी गराएका थिए। कायक्रममा पुर्व शिक्षा मन्त्री कृष्ण गाेपाल श्रेष्ठ, प्रदेश सांसद केशव प्रसाद पाेखरेल लगायतकाे उपस्थिति रहेकाे थियाे । चन्द्रागिर हिल्समा पुगेका ओलीलाइ चन्द्रािगिरका सञ्चालक हेमराज ढकालले स्वागत तथा मायाँकाे चिनाे प्रदान गरेका थिए ।

कवितासहित एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको सेवाबाहेक आफ्नो अरु कुनै काम नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंको चन्द्रागिरी हिल्समा आयोजना गरिएको ‘भिराडिल–चन्द्रागिरी जेसुम’ उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश र जनताको सवाबाहेक आफ्नो अरु कुनै जागिर नभएको स्पष्ट पार्नु पारे । उनले जसले चाहेपनि आफूलाई सदुपयोग गर्न सक्ने बताए । जहाँनिर मलाई सदुपयोग गर्न सकिन्छ गर्नुहोस् भन्दै अध्यक्ष ओलीले आफू त्यसका लागि तयार रहेको बताए । उनले भने, ‘देशको, जनताको सेवा बाहेक छुट्टै जागिर छैन । केही पनि छैन । त्यसकारण जसले जहाँ समाएर काम लगायो, हलो जोत भन्यो, हलो जोत्यो । पर्खाल लगाऊ भने पर्खाल लगायो । घर छा भने घर छायो । ट्याक्टर चला भने चलायो । भिराडिल बनाऊ भन्यो बनायो । सम्म पार भन्यो, सम्म पा¥यो । जहाँनिर सदुपयोग गर्न सकिन्छ म त्यसका लागि तयार छु । तपाईहरु काम लगाउनुहोस् ।’

त्यस अवसरमा अध्यक्ष ओलीले कार्यक्रममा बस्दाबस्दै कविता लेखेर बाचन गरेका थिए ।  शीर्षक आफै राख्नुहोस भन्ने उनले यसरी कविता बाच्न गरे 

इच्छुमतिको किनार,

घुमेर मिराडिल

घुम्दै आईपुगियो

यता रमणीय चन्द्रागिरि हिल

कतै इतिहास, कतै परम्परा

गौरव र पौरख

यहीँका

डाडाँहरुका सतिदेवी

काँधमा बोकेर

शोकमग्न शिवजी

भौतारिएका थिए

यहीँ चन्द्रगिरि हुँदै

३२ सय वर्ष पहिले

चित्लाङबाट

गोपालीहरु

उपत्यका पसेका थिए

यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर

सुन्दर इच्छुमतिको किनार, घुमेर भिराडील

घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल

कतै इतिहास, कतै परम्परा गौरव र पौरख

यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर

शोकमग्न शिवजी भौतारिएका थिए

यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले

चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए

यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर

सुन्दर काठमाडौँलाई नियालेका थिए

देवकोटाले मानवताको बिगुल फुगेका थिए।।।

यही ठाउँमा अहिले फालिएको भिरलाई

गन्तव्य बनाएका छन पौरखीहरुले”

अध्यक्ष ओलीले तीन वर्ष अघि पनि चन्द्रागिरि हिल्समा पुगेपछि ‘सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ।।।’ भन्ने सन्देशको रचना सिर्जना गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार