८ भदौँ, रौतहट । अबैध लागु अाै षध मुद्दामा पत्रकारलाई फसाउन खाेजेकाे आराेप प्रहरीलाईनै लागेकाे छ ।
सिसि टिभी फुटेज र अडियाे बाहिरे संगै प्रहरी प्रमुख कै संलग्नताको आरोप लागेपछि छानबिन हुने भएको हाे ।
प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण महतको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।
स्रोतका अनुसार रौतहटका एसपी सिद्धिविक्रम शाहलाई जिम्मेवारी मुक्त गरिने भएको हाे ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार घटनामा शाहको संलग्नताबारे छानविन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण महतको नेतृत्वमा ४ सदस्यीय समिति बनाएको छ । समितिमा कानूनी शाखाका डीएसपी ज्ञानेन्द्र बस्नेतलगायत सदस्य रहने छ ।
पत्रकार मोजि बुल्लाह र शेख अतिउल्लाहलाई फसाउन लागुऔषध राखिएको घटना रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहकै योजनामा भएको आशंका गरिएको छ । यस्तै, मोजिबुल्लाहलाई लागूऔषधमुदामा फसाएका धिरज यादव र जितेशकुमार यादवमाथि हाल अनुसन्धान भइरहेको छ, भने प्रकरणमा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाह निलम्बनमा परिसकेका छन् ।
गत साउन ३२ गते मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट प्रहरीले गौरमा चेकजाँचका क्रममा लागुऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको दाबी गरेको थियो। तर घटनामा उनीहरुको संलग्नता नदेखिएको र प्रहरीकै संलग्नता रहेको भन्दै दुवै पत्रकारलाई सोमबार छाडिएको छ।
तर एसपीले घटनामा संलग्नसँग गरेको कुराकानीमा उनकै योजनामा भएको देखिएपछि प्रधान कार्यालयले छानबिन थालेको हो।