• ट्रेण्डिङ :

कांग्रेसको संगठन विभाग उपप्रमुखमा भट्टचन

कांग्रेसको संगठन विभाग उपप्रमुखमा भट्टचन

cnewsnepal

मंगलबार, भाद्र ८ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


नेपाली कांग्रेसको संगठन विभाग उपप्रमुखमा देवीप्रकाश भट्टचन मनोनित भएका छन् । भट्टचन प्रभु बैंकका पूर्व अध्यक्ष समेत हुन् ।

सभापति देउवाले पार्टी विधानको धारा २५ को ९ बमोजिम भट्टचनलाई संगठन विभागको उपप्रमुखमा मनोनित गरेका हुन् ।

बागलुङका भट्टचन नेपाली कांग्रेसमा लामो समयदेखि क्रियाशील छन् ।

प्रभु बैंक कुनै बेला एउटा फाइनान्स कम्पनी थियो । पछि विकास बैंक भयो । अहिले यहाँसम्म आइपुग्नका लागि प्रभु बैंकले २ वटा वाणिज्य बैंक गाभेको थियो । तत्कालीन ग्राण्ड र किष्ट बैंक भट्टचनकै नेतृत्वमा प्रभुमा विलय भएका थिए ।

निकै समस्यामा परेका बैंकलाई गाभेर अहिले अब्बल वाणिज्य बैंक प्रभु बन्नुमा पनि भट्टचनकै सक्रियताको प्रतिफल हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार