• ट्रेण्डिङ :

म्याद गुज्रेका खाद्य सामग्रीमा नयाँ लेबल लगाउने कारखानामा छापा,चन्द्रागिरि ६ बस्ने खड्का पक्राउ

म्याद गुज्रेका खाद्य सामग्रीमा नयाँ लेबल लगाउने कारखानामा छापा,चन्द्रागिरि ६ बस्ने खड्का पक्राउ

cnewsnepal

मंगलबार, भाद्र ८ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


म्याद गुज्रिएका खाद्य सामग्री लेबलिङ गरेर नयाँ मिति राख्ने कारखानामा अपराध महाशाखा र वाणिज्य विभागले छापा मारेको छ ।

काठमाडौंको बालाजुस्थित म्याद गुज्रिएका खाद्य सामग्री लेबलिङ गरेर नयाँ मिति राख्ने अगद नेपाल भेन्चर प्रालिमा मंगलबार छापा मारिएको हो ।

विराटनगर घर भएका प्रभात देवले सञ्चालन गरेको सो कारखानामा म्याद गुज्रिएका बिस्कुटहरू डाइजेस्टिभ, क्रन्ची, कोकोनट कुकिज, बटर कुकिज, पास्ता, सेवाई र  कर्नफ्लेक्समा पुरानो मिति मेटेर मेशिनबाट नयाँ मिति राख्ने गरेको भेटिएको छ । सो कारखाना र दुईओटा गोदाम वाणिज्य विभागले शिल गरेको छ ।

गोदानमा करिब १ करोड मूल्य बराबरको सामान रहेको र कारखानामा सुपरभाइजर पदमा कार्यरत चन्द्रागिरि नगरपालिका–६ बस्ने ३१ वर्षीय सुवास खड्कालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाइएको छ ।

कारखानाका संचालक प्रभात देव भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार