• ट्रेण्डिङ :

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन जनमोर्चाको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन जनमोर्चाको माग

cnewsnepal

मंगलबार, भाद्र ८ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै चाडबाडको मुखमा आएर गरेको मूल्य वृद्धिले जनतालाई झन् आहत पार्ने बताउँदै यसलाई फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

उनले भनेका छन् – अन्य क्षेत्रको खर्च कटौती गरेर, अनियमिततालाई रोकेर, आवश्यक परे राज्यले अनुदान थपेर भए पनि यो मूल्यवृद्धिलाई सरकारले फिर्ता लिनु पर्छ ।

विज्ञप्तिमा भनिएको छ – केही समय अघिदेखि लगातार हरेक चीजमा मूल्य वृद्धि हुँदै आएको छ । त्यसमाथि अहिलेको यो मूल्यवृद्धिले पेट्रोलियम पदार्थमा आधारित वस्तु तथा सेवाहरूमा मूल्यवृद्धि भएको छ ।

यसको प्रभाव समग्र आर्थिक क्षेत्रहरूमा पर्नेछ । त्यसबाट दैनिक उपभोग्य वस्तु, सेवा, उद्योग, व्यापार, व्यवसाय आदि सबै क्षेत्रहरूमा मूल्य वृद्धि हुनेछ । कोरोना भाइरसको प्रकोप र त्यसको रोकथामका लागि भएको लकडाउनका कारणले समग्र आर्थिक क्षेत्र र जनसाधारणको जनजीवन अत्यन्त कष्टपूर्ण बनेको छ ।

यो स्थितिमा सरकारले कोभिडको नियन्त्रण र जनजीवनलाई प्राथमिकतामा राख्नु पर्दछ । तर यो मूल्य वृद्धिले तिनीहरूमा नै नकारात्मक प्रभाव परेको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ
“पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको राष्ट्रिय जनमोर्चाले विरोध गर्दछ । केही समय अघिदेखि लगातार हरेक चिजमा मूल्यवृद्धि हुँदै आएको छ । त्यसमाथि अहिलेको यो मूल्यवृद्धिले पेट्रोलियम पदार्थमा आधारित वस्तु तथा सेवामा मूल्यवृद्धि भएको छ । यसको प्रभाव समग्र आर्थिक क्षेत्रमा पर्ने छ । त्यसबाट दैनिक उपभोग्य वस्तु, सेवा, उद्योग, व्यापार, व्यवसाय आदि सबै क्षेत्रमा मूल्यवृद्धि हुने छ ।

कोरोना भाइरसको प्रकोप र त्यसको रोकथामका लागि भएको लकडाउनका कारणले समग्र आर्थिक क्षेत्र र जनसाधारणको जनजीवन अत्यन्त कष्टपूर्ण बनेको छ । यो स्थितिमा सरकारले कोभिडको नियन्त्रण र जनजीवनलाई प्राथमिकतामा राख्नुपर्दछ । तर यो मूल्यवृद्धिले तिनीहरूमा नै नकारात्मक प्रभाव परेको छ । त्यसको साथै चाडवाडको मुखमा आएर गरेको मूल्यवृद्धिले जनतालाई झन् आहत पार्ने छ । त्यसकारण अन्य क्षेत्रको खर्च कटौती गरेर, अनियमिततालाई रोकेर, आवश्यक परे राज्यले अनुदान थपेर भए पनि यो मूल्यवृद्धिलाई सरकारले फिर्ता लिनुपर्छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार