• ट्रेण्डिङ :

महन्थ ठाकुरको पक्षमा १४ सांसदको सनाखत

महन्थ ठाकुरको पक्षमा १४ सांसदको सनाखत

cnewsnepal

बुधबार, भाद्र ९ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


 

महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका लागि १७ जना कार्यकारिणी सदस्य र १४ जना संघीय सांसदले सनाखत गरेका छन्
बुधबार निर्वाचन आयोग पुगेर लोकतान्त्रिक समाजवादी पाटी ३० प्रतिशत भन्दा बढि कार्यकारीणि सदस्य र सांसदले सनाखत गरेका हुन् । जसपामा ५१ कार्यकारिणी सदस्य थिए । त्यसको ३३ प्रतिशत र ३७ संघीय सांसद रहेकोमा ३७.८४ प्रतिशत सांसदले महन्थको पक्षमा आयोगमा सनाखत गरेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बरिष्ठ नेता राजेन्द्र महत्तोले जानकारी दिए ।
सनाखतपछि महत्ताले अव जनताका लागि केन्द्रीत भएर काम गर्ने बताए । त्यस्तै उनले आफुहरुले सरकारलाई समर्थन गरेको भन्दै सरकारको राम्रो कामको समर्थन गर्ने जिकिर गर्नुभयो । सरकारमा सहभागी हुने बिषयमा आफुहरुलाई प्रस्ताव नआएको उनले बताए ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार केन्द्रीय कमिटी वा संघीय संसदमा २० प्रतिशतले दल फुटाउन मिल्ने प्रावधान राखिएको छ । जनता समाजवादी पार्टीबाट छुट्टिएर महन्थ पक्षले नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो । त्यसैको सनाखतका लागि निर्वाचन आयोगले बुधबार बोलाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार