नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाकै कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप वितरण हुन नसकेको आरोप लगाएका छन् ।
प्रथम महिला नेतृ मंगलादेवी सिंहको २५ औं स्मृति दिवसको उपलक्ष्यमा नेपाल महिला संघ काठमाडौंमा आयोजन गरेको मल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप वितरण नभएकाले समस्या देखिएको बताए। क्रियाशिल विवादलाई पार्टी सभापतिले टुङ्ग्याउनुपर्ने उनको भनाई छ ।
नेता सिंहले कांग्रेस तानाशाहलाई ढालेर आएको पार्टी भएको स्मरण गराउँदै पार्टीभित्र कोही तानाशाह बन्न खोजे विधि विधानअनुरुप तह लगाउनेसमेत चेतावनी दिए ।
क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने भन्दै बुधवारबाट जिल्ला सभापतिहरुलेसमेत अनशन थाल्दा पनि पार्टी नेतृत्वले ध्यान दिन नसकेको उहाले बताए ।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त