• ट्रेण्डिङ :

नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा

नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा

cnewsnepal

शुक्रबार, भाद्र ११ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


  1. ११ भदौ, चितवन । वर्षाका कारण पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध खुलेकाे छ ।

नारायणगढ मुग्लिङ सडकखण्डको बिभिन्न स्थानमा ( सेतिदोभान,१४ किलो,५ किलो ) अबिरल बर्षाको कारण खसेको पहिरो पन्छाएपछि सडक खुलेकाे हाे ।

सडकमा पहिरो खसेपछि बिहीबार रातिदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको थियो ।

 

सडकको पहिरो पन्छाउन शुक्रबार बिहानैदेखि डोजर र जेसिबी प्रयोग गरी काम भैरहेको छ ।नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत १४ किलोमा सडक भासिएको छ । निरन्तरको वर्षाले भरतपुर महानगरपालिका २९ स्थित १४ किलोमा सडक भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार