• ट्रेण्डिङ :

मापसे गरेर गाडी चलाउदा पर्यटन कार्यालय हाकिमले ठोकिदिए मेगा टेलिभिजनको गाडी

मापसे गरेर गाडी चलाउदा पर्यटन कार्यालय हाकिमले ठोकिदिए मेगा टेलिभिजनको गाडी

cnewsnepal

आइतबार, भाद्र १३ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


१३भदौ,काठमाडौ : मापसे सेवन गरेर भर्खरै मात्र १० बजे उपत्यका पर्यटन कार्यालय हात्तिबनका हाकिमले मेगा टेलिभिजनको गाडी ठोकिदिएका छन ।

रिपोर्टिङ सकेर कार्यलयको स्टाफलाई छोडेर फर्कदै गर्ने क्रममा विजुली बजार पुल नजिक उक्त हाकिमको गाडिले टेलिभिजनको गाडिलाई क्षती पुर्याएको हो ।

प्रदेश ३ ००१ झ ००१२ नम्बरको सरकारी प्लेटको स्कारपियोले टिभिको गाडिलाई क्षती पुर्याएको मेगा टिभिका अध्यक्ष बद्री पोख्रेलले जानकारी दिए ।

” गाडिमा पुरै तरिकाले क्षती आएको छ , हाम्रो टिभिको गाडी कार्यलयको स्टाफ छोडेर फर्कदै थियो , साइड वे बाट आएर उक्त गाडिले हाम्रो गाडिलाई ठक्कर दिएको हो ” अध्यक्ष पोख्रेलले बताए ।

हाकिमको कार्यलयको नाम खुलेता पनि अहिले सम्म हाकिमको वास्तविक परिचय अहिलेसम्म खुलेको छैन । हाकिमले आफ्नो परिचय लुकाएको र आफ्नो अनुहार पुरै ढाकेकोले उहाको परिचय पत्ता लगाउन नसकेको उनले बताए ।

ट्राफिक प्रहरिलाई बोलाएर उक्त हाकिमको मापसे चेक गराउदा दुई जनाले नै मापसे गरेको देखिएको उनले जानकारी दिएका छन । गाडिको क्षतिको खर्च बेहोरिदिने भन्दै उक्त दुई वटै गाडिलाई अहिले बग्गी खाना लगिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार