प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको गठबन्धनको बैठकमा पाँच दलका नेताहरु सहभागी भएकाे राष्ट्रय जनमाेर्चाका एक नेताले बताए ।
बैठकमा बर्तमान राजिनित गठबन्धनको स्थायी स्वरूप, सरकारलाई पूर्णता, अध्यादेशको बजेट, संवैधानिक परिषदका नियुक्ति, सरकारका प्राथमिकता, सत्य निरूपण र वेपत्ता आयोगको कार्य, जयसिंह धामी प्रकरण, लगायत विषयमा छलफल भइरहेको बुझिएको छ ।
गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार