• ट्रेण्डिङ :

तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

cnewsnepal

मंगलबार, भाद्र १५ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


कास्की, १५ भदौ । पोखरा महानगरपालिका-७ घारीपाटनस्थित राधाकृष्ण मार्ग बस्ने ज्ञान बहादुर खड्काको घरमा तास खेलिरहेको अवस्थामा खड्का लगायत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खड्काको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ५० हजार ६ सय ३५ रुपैयाँ र २ सय १२ पत्ती तास सहित पक्राउ गरेको हो ।

यसैगरी पोखरा महानगरपालिका-१५ सिताराम हाउजिङमा डेरा गरी बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-८ घर भएका ५१ वर्षीय लालप्रसाद गुरुङको कोठामा तास खलिरहेको अवस्थामा गुरुङ लगायत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८४ हजार ५ सय २५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार