• ट्रेण्डिङ :

जयसिंह धामी बेपत्ताबारे छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

जयसिंह धामी बेपत्ताबारे छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

cnewsnepal

मंगलबार, भाद्र १५ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर जयसिंह धामी बेपत्ता भएपछि गठन भएको छानबिन समितिले प्रतिवेदन बुझाएको छ । मंगलबार सह-सचिव जनार्दन गौतम नेतृत्वको समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर प्रतिवेदन बुझाएका हुन् ।

दार्चुलाको ब्यास गाउँपालिका–२ का ३३ वर्षीय धामी हालसम्म बेपत्ता छन् । बेपत्ता भएपछि उनको खोजी गरिए पनि उनी भेटिएका थिएनन् ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार महाकाली नदी तर्न लाग्दा एसएसबीले तुइन काटिदिएपछि उनी महाकाली भेलसँगै बगेका थिए ।

तर, भारतीय पक्षले भने दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सो घटनामा एसएसबीको संलग्नता नरहेको स्पष्टीकरण दिएको छ ।

त्यसपछि घटनाबारे सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको थियो । साउन १७ मा गठन गरिएको समितिलाई सुरुमा १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउने समय दिइएको थियो ।

सह–सचिव गौतम नेतृत्वको समितिले स्थलगत अनुसन्धान गरेर मंगलबार प्रतिवेदन बुझाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार