• ट्रेण्डिङ :

सरकार र निजी क्षेत्रको सहकार्यमा अर्थतन्त्र पुनः चलायमान बनाउनुपर्छ : प्रधानमन्त्री देउवा

सरकार र निजी क्षेत्रको सहकार्यमा अर्थतन्त्र पुनः चलायमान बनाउनुपर्छ : प्रधानमन्त्री देउवा

cnewsnepal

बुधबार, भाद्र १६ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने बताएका छन् ।

महिला उद्यमी महासङ्घको पाँचौ अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेलाको आज भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका हुन्।

“सबै नागरिकलाई चाँडै कोरोना खोप उपलब्ध गराएर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयत्नशील रहेको छ,”– प्रधानमन्त्री देउवाले भने ।

प्रधामन्त्री देउवाले नेपाली उत्पादनलाई प्रोत्साहन र बजारीकरण गर्न महिला उद्यमी महासङ्घले खेलेको भूमिकाको उच्च प्रशंशा गरे । यस्ता मेलाले मुलुकको अर्थतन्त्रलाई थप सवल बनाउन सहयोग पुग्ने उनको भनाई थियो ।

प्रधानमन्त्री देउवाले कोरोनाका कारण नेपालमा उत्पादन भएका सामान बजारसम्म पुग्न नसकेको वर्तमान परिवेशमा सरकारले बजारीकरणलाई विशेष प्राथमिकता दिने उल्लेख गरे
। उनले भेलाको पूर्ण सफलताको कामना समेत गर्नुभयो ।
महासङ्घकी अध्यक्ष रिता सिंहले महिला उद्यमीलाई प्रोत्साहन गर्दै महिलालाई आत्मनिर्भरताको बाटोमा लैजानका लागि मेलाको आयोजना गरिएको जानकारी दिए ।

महासङ्घकी प्रथम उपाध्यक्ष एवम् मेलाको संयोजक निरु रायमाझी खत्री, द्धितीय उपाध्यक्ष शोभा ज्ञवालीलगायतले नेपालमा उत्पादित कृषि सामाग्री र हस्तकलाका सामाग्रीलाई अर्थतन्त्रसँग जोड्नका लागि उक्त मेलाको आयोजना गरिएको बताईन ।

भर्चुअल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, विभिन्न देशका राजदूत तथा महिला उद्यमीहरुको सहभागीता रहेको थियो । मेला पाँच दिनसम्म चल्ने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार