• ट्रेण्डिङ :

पौडेल पक्षीय नेताहरु भन्छन्, ‘१४औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्छ’ (भिडियाे सहित )

पौडेल पक्षीय नेताहरु भन्छन्, ‘१४औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्छ’ (भिडियाे सहित )

cnewsnepal

बुधबार, भाद्र १६ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


१६ भदाै,काठमाण्डाै ।  नेपाली काँग्रेसका बरिष्ठ नेता रामचनद्र पौडल पक्षीय नेताहरुले १४ औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।

बुधबार राजधानीमा भएको बरिष्ठ नेता पौडेल समूहको भेलामा १४ औं महाधिवेशन नेपाली काँग्रेसको एकताको महाधिवेशनु पर्ने विषयमा छलफल भएको काँग्रेस नेतृ सुजाता कोइरालाले जानकारी दिनुभयो । उहाँले पार्टीभित्र देखिएका समस्या समाधान गर्दै अगाडि बढ्नु पर्ने बताउदै पार्टी भित्रका हरेक नकारात्मक प्रवृतीलाई हटाउदै संस्कारगत राजनीति गर्नुपर्नेमा जोड दिए ।

क्रियाशील सदस्यका बारेमा भइरहेका विवादलाई समाधान गर्दै अडाडि बढ्नु पर्नेमा नेपाली काँग्रेसका नेता रामशरण महतले जोड दिए । उनले अहिले पनि क्रियाशील सदस्यको विवाद ठाउँ–ठाउँमा देखिएको भन्दै छिटो समाधान गर्नुपर्ने र एकताको सन्देश दिनुपर्ने बताउनुभयो । नेता महतले निर्वाचनमा साझा उम्मेदवार बनाएर जानुपर्ने विषयमा छलफल भएको जानकारी दिए ।

नेपाली काँग्रेसको एकताको सन्देश दिने पक्षमा रहेकाले विकृतिलाई हटाउदै सबै एक भएर जानु पर्ने महतको भनाई थियो । उनले पार्टीको नेतृत्व निर्विरोध हुनुपर्ने र नभए विचार मिल्नेहरु एक हुनुपर्ने आफ्नो मत रहेको जिकिर गरे ।

भिडियाे हेर्नका लागि 

प्रतिक्रिया
सम्बन्धित समाचार