केपी ओली सरकारले कानुनमै झेल गरी गिरीबन्धु टी स्टेटको अर्बौं मूल्य पर्ने जग्गा बेच्ने बाटो खोलेको पाइएको छ । नेपालमा २०२१ सालमा भूमिसुधार लागू गरी जग्गामा हदबन्दी कायम गरिएको थियो । त्यति बेला उद्योग चलाउन भने जग्गामा हदबन्दी नलाग्ने व्यवस्था गरिएको थियो । यही व्यवस्थाअन्तर्गत गिरीबन्धु टी स्टेट लगायतका कम्पनीले सयौं बिघा जग्गा उद्योग चलाउने नाममा आफ्नो स्वामित्वमा राखेका थिए । ओली सरकारले कानुन नै संशोधन गरेर ती कम्पनीका मालिकलाई जग्गा बेच्ने बाटो खुलाइदिएको हो । यही प्रयोजनका लागि ओली सरकारले भूमिसम्बन्धी ऐन २०२१ लाई २०७६ मा संशोधन गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त