१६भदौ , रामेछाप । रामेछापकाे चनखुको मुल सडक दयनीय अबस्थाबाट केही हदसम्म सुधारकाे बाटाेमा उन्मुख हुँदै छ ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १० चनखुको मुल सडक स्तरोन्नति (कटिङ,ग्राबेल साथै नाला खन्ने)कार्य तिव्र रूपमा अगाडि बढेको हाे ।
बाटाे निकै जाेखिम र सवारीसाधनमा यात्रा गर्न निकै कष्टकर थियाे अब सहज हुने हामीले विश्वास लिएका छाै चनखुका स्थानीय बासी अमृत तामाङले बताए । 
याे सडक कुनै स्थानिय तह मन्त्रालयबाट भने स्तरोन्नति हुन लागेकाे भने हाेईन ।
याे सडक स्तरोन्नतिका लागि समाजसेवी व्यक्तित्व नेपाली काङ्ग्रेसको महासमिति सदस्य तथा संघीय सांसद पदको उम्मेदवार पुर्ण बहादुर तामाङ(कान्छाराम) को व्यक्तिगत सहयोगमा बाटो कटिङ,ग्राबेल साथै कच्ची नाला खन्न लागिएको हो ।
गत भदौ १ गते ह्याङ्ला ह्युल सामुदायिक संस्था र सम्पुर्ण चनखुबासिको आयोजकत्वमा मन्थली नगरपालिकाको वडा नम्बर ८ चिसापानी र चनखु छुट्टिने दोबाटोमा औपचारिक कार्यक्रम गरेर सुरु भएको उक्त कार्य अन्तर्गत झन्डै ७५ प्रतिशत कटिङ सम्पन्न भइसकेको ह्याङ्लाका अध्यक्ष कुलमान योन्जनकाे भनाई छ ।
उनले भने,” कटिङको झन्डै ७५% काम सकिएको छ,आज दुईवटा टिफर कान्छाराम दाइले पठाइसक्नुभएको छ ,भोलि एउटा जेसिबी पनि आउँदैछ भोलीबाट मादेउटारको खोल्साबाट ग्राबेल ओछ्याउने काम सुरु हुन्छ । अनि दुईतीन दिनपछि रोलर र ग्रेटर आएर पेलेपछी काम सकिन्छ।”
काम गर्नलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले चासो नदिएको संस्थाको एक सदस्यले बताए । आफ्नो नाम नखुलाउने सर्तमा ती सदस्य भन्छन् -` वडाले समेत चासो दिएको छैन । हाम्रो संस्थाले अहिले कामदारहरुलाई खाना खुवाइरहेका छौँ । अहिले न स्थानीय राजनीतिक दलका नेताहरूले चासो दिएका छन् न त वडाले सहयोग नै गरेका छन् ।´
उक्त कार्यको लागी अहिले काङ्ग्रेस नेता कान्छारामको भदौ १ गतेबाट दुईवटा स्काईभेटर र बुधबारबाट दुईवटा टिफर संचालन भइरहेको छ ।
आफुले कुनै राजनीतिक स्वार्थ नराखी समग्र चनखुको जनतालाई सुविधा होस् भनेर बाटो ग्राबेल गर्न लागिएको कान्छारामले बताए ।
मैले व्यक्तिगत सहयोगमा ग्राबेल गरिदिन्छु भनेर प्रतिवद्वता जनाएको थिए । त्यसैअनुरुप अहिले काम भइरहेको छ उनलेे भने ।