• ट्रेण्डिङ :

पहिरोमा पुरिएर पोखरामा ४ जनाको मृत्यु,

पहिरोमा पुरिएर पोखरामा ४ जनाको मृत्यु,

cnewsnepal

बिहिबार, भाद्र १७ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


१७ भदौ पाेखरा । पाेखरामा  पहिराे आएर घर पुरिदा ४ जनाकाे ज्यान गएकाे छ ।

कास्कीकाे पोखरा-२० भलाममा गए राति पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार   भलाममा ब्लकले बनेको एक तले घर पहिरोले पुर्दा घरधनी ४५ वर्षीय कृष्णकुमार श्रेष्ठको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा उहाँकी पत्नी ३५ वर्षीया सुनमाया तामाङको घटनास्थलमै ज्यान गएको छ र उनीहरूका ३ वर्षीय छोरा सन्तोष श्रेष्ठकाे पनि निधन भएकाे हाे ।

पहिरोले पुरिएर उनीहरूका अर्का छोरा राजकुमार घाइते छन् ।घटना हुदा  श्रेष्ठको टाउकोमा चोट लागेको अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, पहिरोले पुरिएर पोखरा-११ काहुँभञ्ज्याङका ४२ वर्षीय लक्ष्य नेपालीको पनि मृत्यु भएको छ। पहिरोमा परेर घाइते भएका नेपालीको उपचारका क्रममा मृत्यु भएको एसपी थापाले बताए ।

पहिरोमा पुरिँदा नेपालीकी छोरी सृष्टि नेपाली घाइते भएकी छिन्। उनका दुबै खुट्टा र ढाडमा चोट लागेको छ। नेपालीका श्रीमती र २ छोराको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।

वर्षाकै कारण घर माथिबाट पहिरो आई घर पुरिन जाँदा पोखरा ११ बसेरीका एकदेव तिमिल्सिना, उहाँकी श्रीमती ३८ वर्षीया रितु तिमिल्सिना र छोरा १९ वर्षीय गिरीष तिमिल्सिना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार