प्रहरीले प्रहरी हिरासतमा रहेका थुनुवालाई ‘छुटाउँछौँ’ भनेर घुस माग्ने दुइ जना बिचाैलियालाइ पक्राउ गरेकाे छ ।
काठमाडौं प्रहरी परिसरकाका प्रमुख अशाेक सिंहका अनुसार पक्राउ पर्नेमा कालिकोट घर भएका तिलक बहादुर उपाध्याय र रोल्पाका दत्त बुढा छन् ।
स्राेतका अनुसार उपाध्याय माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुन् । रोल्पा घर भएका दत्त पूर्व विद्यार्थी नेता हुन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका जुवाडेहरुलाई छुटाउँछौँ भनेर उनीहरुले घुस लिएको अनुसन्धानबाट खुलेको छ ।
जुवा खालबाट पक्राउ परेकाहरूसँग उनीहरुले ३ लाख नगद लिएका थिए । डिएसपी, सिडिओ र सरकारी वकिललाई ‘मिलाउनुपर्छ’ भनेर घुस लिएको हिरासतमा रहेकाहरूका आफन्तले सुराक दिएपछि प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बुधवार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुइ जनालाइ अभ्रद व्यवहारमा मुदा चलाइरएकाे छ ।