• ट्रेण्डिङ :

झलनाथलाई भेट्न डल्लु पुगे प्रधानमन्त्री देउवा,स्वास्थ्य लाभकाे कामना

झलनाथलाई भेट्न डल्लु पुगे प्रधानमन्त्री देउवा,स्वास्थ्य लाभकाे कामना

cnewsnepal

बिहिबार, भाद्र १७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


१७ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न उनको निवास डल्लु पुगेका छन् ।
डल्लु  स्थित निवासमा भेटन  प्रधानमन्त्री शेरबहादुर देउवा  ४:३० मा खनाल निवास पुगेका हुन् ।
 
नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री देउवा खनाल निवासमा पुगेका हुन् । उनले खनालको पूर्ण स्वास्थ्यलाभको कामना गरे ।
 प्रधानमन्त्री देवाले भेट पिछ भनेका छन्, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालजीको निवास पुगेर उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिए । उहाँको स्वास्थ्यमा निकै सुधार भएको रहेछ । झलनाथजीको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।
 
 
नेता खनाल गत सोमबार भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरी स्वदेश फर्किएका हुन् ।
 

प्रतिक्रिया
सम्बन्धित समाचार