• ट्रेण्डिङ :

भिडियो सन्देश जारी गर्दै भने म निकै खुसी छु : सभापति देउवा

भिडियो सन्देश जारी गर्दै भने म निकै खुसी छु : सभापति देउवा

cnewsnepal

शुक्रबार, भाद्र १८ २०७८
पढ्न लाग्ने समय: < ३ मिनेट


१८ भदौ,काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनको औपचारिक सुरुवात आज देखि हुँदै छ। साढे पाँच वर्षपछि हुन लागेको महाधिवेशन गाउँ, नगर वडा अधिवेशन आजबाट सुरु हुन लागेको हो ।

वडा अधिवेशनबाट सुरु भएर सात चरणमा हुने महाधिवेशनको प्रक्रिया केन्द्रीय पदाधिकारीको निर्वाचनसँगै सम्पन्न हुनेछ।

केन्द्रीय महाधिवेशन मंसिरको ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ। क्रियाशील सदस्यताको विवरण टुंगो लागेका ५६ जिल्लामा समयमै गाउँ र नगर अधिवेशन सुरु गर्न केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि परिचालन गरेको छ।

क्रियाशील सदस्यता टुंगो लागेको ५६ जिल्लाका अधिकांश वडामा अधिवेशन सुरु हुने कांग्रेसले जनाएको छ। अझै २१ जिल्लाका क्रियाशीलको विवरण सार्वजनिक भएको छैन। विवादका कारण ती जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक पनि भएको छैन।

क्रियाशील सदस्यता विवरण सार्वजनिक नभएका र अन्य व्यवस्थापन बाँकी जिल्लामा यही भदौ २३ भित्रै अधिवेशन सुरु गर्ने कांग्रेसको तयारी छ।

सभापति देउवा भन्छन,आज म निकै खुसी छु

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वसम्मत वा स्वास्थ्य प्रतिस्पर्धा मार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गर्दै आफु निकै खुसी भएको बताएका छन् ।

आजदेखि  पार्टीको वडा अधिवेशन सुरु भएको अवसरमा शुभकामना दिँदै उहाँले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउने बताएका हुन् ।  संवैधानिक बाध्यता अनुसार कोरोना महामारीकै बीच महाधिवेशन सुरु गर्नु परेकोले सामाजिक दूरी कायम गरी कार्यकर्ताहरु सहभागी हुन उनको अनुरोध छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली काँग्रेसलाई बलियो बनाउन जरुरी छ ,आज एक भिडियो सन्देश मार्फत जानकारी गराएका हुन्।  ‘नेपाली जनताले बुझिसकेका छन्, बलियो काँग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ । त्यसैले ‘बलियो काँग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरूलाई आग्रह गर्न चाहन्छु,’ देउवाद्वारा जारी भिडियो शुभकामना सन्देशमा भनेका छन्।

८ लाखभन्दा बढी नेपाली काँग्रेसका क्रियाशील सदस्य आजदेखि १४ औ महाधिवेशनको प्रक्रियामा सहभागी हुनु भएको छ र मैले ती सबै सदस्यहरू र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति यतिबेला गरिरहेको छु ।’

‘म तपाईंहरुलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण पनि यो भिडियो सन्देश मार्फत गर्न चाहन्छु । हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै,  हरेक टोलको भावनाको नेतृत्व गरी बलियो बनाउन काँग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्‍याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु,’ देउवाले  भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार