• ट्रेण्डिङ :

अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस अध्यक्षमा माधव अर्याल चयन

अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस अध्यक्षमा माधव अर्याल चयन

cnewsnepal

सोमबार, भाद्र २१ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बुटवल उपमहानगर पालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले माधव अर्यालको अध्यक्षतामा ३१ सदस्यीय मूल नगर कमिटी गठन गरेको छ ।

जसको उपाध्यक्षमा गगन रेस्मी, सुदर्शन पाण्डे र अनिल बिस्वकर्मा, सचिबमा गणेश दहाल, सहसचिब बिपना अर्याल र शुसान्त पाण्डे तथा कोषाध्यक्षमा खेम प्रसाद घिमिरे रहेका छन् ।

कार्यक्रम माओबादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसिको प्रमुख आतिथ्यता, अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश सह-संयोजक अनुप पोख्रेलको विशिष्ट आतिथ्यता तथा माओवादी नेताहरू चेतन भण्डारी, पुष्पराज ढकाल “क्षितिज”, नारायण बन्जाडे लगायतको को उपस्थिती सम्पन्न भएको थियो ।

अध्यक्षता सपन पौडेल अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन टिकाराम आचार्यले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार