काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोक नजिकै मोटरसाइकल खोलामा खस्दा चालक बेपत्ता भएका छन्।।
शुक्रबार साँझ सवा ६ बजे काठमाडौं महानगरपालिका(१५ वनस्थलीस्थित बागमती प्रदेश ०२(०१८ प २९७३ नम्बरको मोटरसाइकल र चालकलाई खोलाले बगाउँदा चालक बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार बाइकलाई खोलाबाट निकालिएको छ भने चालक अझै बेपत्ता छन्। चालकको खोजी कार्य भइरहेको उनले बताए।
प्रतिक्रिया
सम्बन्धित समाचार