१४ जेठ,काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२ गाेकुल पाटी स्थित श्री विष्णु देवी कपास उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ।
राजु रन्जितकारले सञ्चालन गरेकाे कपास कारखानामा अचानक अागलागी भएकाे थियाे ।
आज दिउँसो करिब ४:२० बजे सुरु भएको आगलागी विद्युत सर्टको कारण भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, नेपाल आयल निगम र चन्द्रागिरि नगरपालिकाका गरी तीनवटा दमकल परिचालन गरिएको थियो।
प्रहरी बृत्त थानकोटका डिएसपी एलिजा गिरीकाृुे नेतृत्वको टाेलीकाे सकृयताका साथै, सशस्त्र प्रहरी बलका दुई टोली खटिएका थिए।
सशस्त्र प्रहरी अस्पतालबाट १७ जना र युद्ध कवच गण, सितापाइलाबाट ३२ जना गरी जम्मा ४९ जना सुरक्षाकर्मीको सक्रिय सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागीबाट हालसम्म कुनै मानवीय क्षति नभएको र घटनाको विस्तृत विवरण संकलन कार्य जारी रहेको छ।