• ट्रेण्डिङ :

अप्रेसन : डवल माईक 6

अप्रेसन : डवल माईक 6

cnewsnepal

आइतबार, भाद्र २७ २०७८
पढ्न लाग्ने समय: < ११ मिनेट


रोसन दानी, संखुवासभा हत्या घटनाको पहिलो दिन

काठमाडौं – गत २१ सोमवार विहान ६ ३० देखि ७ वजेको विचमा भदौको बिहानै संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका एकै परिवारको ६ जनाको वीभत्स हत्या भएको खवर बाहिरियो । घटना घटेको पहिलो दिन गाउँटोल हुदै देश भर घटनाका वारेमा चर्चा परिचर्चा सुरु भएको थियो । विभिन्न सञ्चारमाध्य र सामाजिक सञ्जालमा संखुवासभा घटनाले भरिएका थिए । सोमवार एकै परिवारका ६ सदस्यको बीभत्स हत्या भएको खवर ३ घण्टा पछि मात्र प्रहरी समक्ष सुचना पुगेको थियो ।

घटनाको खवर प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदी सहितको टोली ६ घण्टा पछि पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीसहितको टोली साँझ ४ बजेमात्र घटनास्थलमा पुगेको र प्रदेश प्रहरी कार्यालयबाट गएको टोली साँझ ७ बजेतिर मात्र त्यहाँ पुगेको थियो । घटना भएको ठाउँ अत्यन्त विकट भएकाले प्रहरी घटनास्थलमा पुग्न नै समय लागेको थियो ।

डीएसपी कुँवर र डीएसपी लालध्वज सुवेदी

भौगोलिक कठिनाईका बावजुत प्रहरी घटना स्थल पुग्दा बीभत्स रूपमा छरपस्ट शवहरू लडेका थिए । संघीय प्रहरी इकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोली सोमबार राति अबेर मात्र घटनास्थल पुगेको थियो । राति पानी समेत परेका कारण अनुसन्धान बिहानबाट मात्र सुरु गरिने प्रहरीले तयारी थालेको थियो ।

घर मूली ८५ वर्षीय बौद्धमान कार्की बाहेक सामूहिक हत्या भएकाहरूमा प्रहरीका अनुसार हत्या हुनेमा ५८ वर्षीय तेज कुमार कार्की (हजुरबुवा), ५१ वर्षीय कमला कार्की (हजुरआमा), २६ वर्षीय रञ्जना घिमिरे कार्की (बुहारी), ९ वर्षीय दिपने कार्की (नाति) र ३ वर्षीय गोमा कार्की (नातिनी) को शव तीन बेग्लाबेग्लै स्थानमा भेटिएको थियो ।

नाती नातिनाको शव घरदेखि माथिको खरबारीमा भेटिएको थियो भने तेजबहादुरको शव सडकमा थियो । रञ्जना र कमलाको शव घर नजिकैको खोल्सोमा भेटिएको थियो ।

दोश्रो दिन मंगलवार
प्रहरीले घटना रहस्य र क्रुर हत्याका विषयमा अनुसन्धान गर्न चानचुने विषय भने थिएन । प्रहरीले हत्या भएको क्षेत्रलाई नियन्त्रणमा लिई कडन गरेर सुरक्षित राखेको थियो । प्रहरीले अपराधी सम्म पुग्नका लागि प्राविधिक अनुसन्धान गर्ने तयारी सोरूप घटना भएकै दिन शवलाई नउठाउने निर्णयमा पुगेको थियो ।

मंगलवार सिआईवी डिएसपी रुगँम कुवँरको टोली अनुसन्धानका लागि घटना स्थलमा काठमाण्डौ देखि पुग्यो ।अनुसन्धान जटिल नहोस भनेर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट गएको तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुग्यो । प्रहरीले कानुनी प्रक्रियाको काम मंगलबार विहान देखि आरम्भ गरेको थियो ।ट्रयाकर डग’ (तालिम प्राप्त कुकुर) लैला र पिकु सहभागी थिए । उनीहरुले घटनास्थलको गन्ध सुँघेर अपराधी पत्ता लगाउने क्षमता भएका विशेष तालिमप्राप्त कुकुर हुन् । घटनास्थल सोमबार नै सिल गरिएको थियो भने कुकुरमार्फत हत्याको अनुसन्धान सहज बनाउनका लागि मारिएकाहरुको शव रातभर घटनास्थलमा नै छाडिएको थियो । तालिम प्राप्त कुकुर र फरेन्सिक विज्ञको टोली घटनास्थल नपुगेसम्म उक्त क्षेत्रलाई सुरक्षित राख्न संखुवासभा प्रहरीलाई प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको थियो ।

 

घटनाको अनुसन्धानका लागि फरेन्सिक विज्ञको टोली पठाइएको थियो भने विराटनगरबाट प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ नेतृत्वको विशेष अनुसन्धान टोली पनि घटना स्थल पुगेको थियो । हत्या गरिएका ६ जनाको ‘लाश जाँच प्रकृति मुचुल्का’ गरेर शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दिउसो १२ वजे पठाईएको थियो ।अनुसन्धानका लागि तिन भागमा टिम विभाजन र कार्यविभिाजन ।

१ नम्वर टिम,२ नम्वर टिम र ३ नम्वर टिम
पहिलो नम्वरको टिम ः पहिलो नम्वरको प्रहरी टोलीले घटना के कसरी भयो भन्ने विषयमा गाउँ गाउँ पसेर सूचना संकलन गर्ने कार्य गरिरहयो ।
२ नम्वरको टिमले पारिवारिक आर्थिक अवस्था समाजिक अवस्था वारेमा गहन अनुसन्धान सुरु गर्यो ।
३ नम्वरको टिमको जिम्मेवारी थियो पहिलो र दोश्रो नम्वरवाट प्राप्त सुचनालाई हो या होईन भनेर भेरिफाई गर्नु प्रमाण संकलन गर्नु । कोर टिम आएका सुचनाहरुको विश्लेसन गर्ने छलफल गर्ने आवश्यक निदेशर्न गर्ने, परिचालन गर्ने काम टोलीलाई गर्ने गरथ्यो ।

घटना भएको तेस्रो दिन वुधवार
प्रहरीले अनुसन्धान एक पछि अर्का गरि जटिल बन्दै थियो । प्रहरीका दक्ष र अनुभवी अनुसन्धान अधिकृतहरु हत्यारा सम्म पुग्नका लागि दिन रात घाम पानी भोक व्यास नभनिकन खटिरहेका थिए । प्रहरीले अनुसन्धानका लागि विभिन्न कामहरु गरिरहेका थिए ।

१. आर्थिक पक्ष लेन देन लुटपाट ( छोडेको ) ।
२. पारिवारिक कलह बैमनिसेता रिसिभिमा अनुसन्धान केन्द्रित
३ छिमेकी संगको बदलाको भाव
४.अवैध सम्वन्ध ( छोडेको )
५. मानसिक अवस्था र बहुलठ्ठीपन
यि विषयमा प्रहरीले हरेक ५ वाटै विषयमा अध्ययण अनुसन्धान गर्ने भेरिफाई गर्ने काम गरिरहेको थियो ।

घटना भएको चौथो दिन विहिवार
हालसम्म प्रहरीले दर्जनौं व्यक्तिलाई बोलाएर बयान लिइसकेको थियो । करिव प्रहरीले गाउँमा भएका २ सय भन्दा वढि संकास्पद व्यक्तिहरूलाई अनुसन्धानको दायरामा पनि ल्याएको थियो । प्रहरीले सवै संग साविति वयाननै लिएको घटनामा खटिएका एक अनुसन्धान अधिकृतले वताएका थिए । घटनापछि गाउँबाट हराएका व्यक्तिबारे प्रहरीले सोधीखोजी गरिरहेको थियो ।घटना भएको दिन गाउँबाट को कता गयौ आयो भने विषयमा पनि छानवीन गरिरहेको थियो । प्रहरीले स्याक आईडी,ल्याक आईडी हेर्ने काम समेतको विश्लेशन गरिरहेको छ । प्रहरीले घटना भएको आसपासको समयमा त्यसक्षेत्रमा सक्रिय मोबाइल फोनहरुको विश्लेषण गरिरहेको छ । प्राविधिक पाटोमा सहयोग गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट डीएसपी रुगम कुँवर नेतृत्वको टोली काम गरिरहेको थियो ।

अनुसन्धानमा खटिएका संखुवासभाका डिएसपी सुवेदीले अनुसन्धान सकारात्मक र अनुसन्धान प्रगतितर्फ उन्मुख भएको जानकारी दिएका दिएका थिए । उनी भन्दै थिए तथ्यहरूको अनुसन्धानबाट हामी पोजेटिभ वेमा छौं ।’ प्रहरीले विहिवार सुचना संकलन गर्ने काम गर्यो । गाउँले संग रिसिभि छ कोहि संग भने वारे जानकारी लिने काम गरि सकेको थियो । प्रहरीले आर्थिक पक्ष लेन देन लुटपाटमा घरमा भएको नगद र गरगहना सुरक्षित पाए पछि १ नम्वरको विषयमा अनुुसन्धान केन्द्रित नगर्ने निदो गरि छोडेका थियोे । संखुवासभा डिएसपी लालध्वजले भनेका थिए, ‘चोरी वा लुटपाटलाई जोडेर हेर्ने प्रयास पनि ग¥यौं, तर त्यसलाई पुष्टि गर्ने कुनै आधार भेटिएको छैन’ उनले भनेका थिए, ‘घटना पछाडि अरु नै कारण पनि हुनसक्छन्, अनुसन्धान भइरहेको छ ।’ प्रहरीले ४ नम्वरको पाटो अवैध सम्बन्धमा कुनै त्यस्तो क्ल्यु फेला नपरेपछि छाडिएको हो । अव प्रहरी संग दुई विकल्पमा अनुसन्धान केन्द्रित गर्नु थियो ।पारिवारिक कलह बैमनिसेता रिसिभिमा र मानसिक अवस्था र बहुलठ्ठीपन भएकाले आक्रमण गर्ने संकेत यस तर्फ प्रहरीले अनुसन्धान केन्द्रित गर्ने भयो । प्रहरीले खोज्दै जाने र वुझ्दै जाने क्रम अगाडी वढि रहेको थियो । कार्की परिवारको घरबाट प्रहरीले नगद र सुनको गहना भेटेपछि आर्थिकको कारण हत्या नभएको निष्कर्ष निकालेसँगै दोस्रो चरण रिसिईबीको पाटोबाट अनुसन्धान थाल्यो।

प्रहरीले घटना रिसिईबी वा तत्कालीन आवेगमा केन्द्रित रहेको भन्दै त्यसैतर्फ अनुसन्धान केन्द्रित ग¥यो। प्रहरीले अनुसन्धानमा युटुवको भिडियोमा आएको सामाग्रीलाई समेत अनुसन्धानका लागि हतियार बनाएको थियो । प्रहरीले निगरानी गररियो । गतिविधिमा फोकस गर्ने । सोध किल्यु दिन थाले लोक वहादुर पहिले देख्ने मान्छे भएको पुष्टी गरिसकेको थियो । तेज वहादुर सहयोग गर्ने गरेको र लोकवहादुरलाई सम्झाउदा हेपेको कारण आवेगमा हत्या गर्ने उत्साहित भएको अनुसन्धानमा खुलेको थियो ।

घटना भएको पाँचौ दिन शुक्रवार

प्रहरीले शंकाको घेरमा रहेका लोकवहादुर कार्कीलाई संगै राखेर वयान लगायत लिने काम गरियो तर कार्कीले अपराध भने स्विकार भने गरेनन । प्रहरीले साविति वयान लिई रहेको थियो । पछि रातको दुई बजे प्रहरी समक्ष मैले नै हत्या गरेको वयान प्रहरीलाई दिए । २६ भदौ शनिवार बिहानै तेजबहादुरको छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीले अपराध कबुल गरेपछि प्रहरीले नियन्त्रणमा लिन सफल भयो ।
लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन्। तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको भनेका छन्।

साथै जुन ठाउँबाट लोकबहादुरले तेजबहादुरको शव देखिएको भनेका थिए, त्यहाँबाट शव नै देखिँदैन थियो। जसकारण उनीमाथि थप शंका पैदा भएको प्रहरी उपरीक्षक भीम दाहालले बताए । प्रहरीले शुक्रबारसम्म लोकबहादुरको घरबाट रगत लागेको कपडासमेत बरामद गरिसकेको थियो। प्रहरीले उनलाई पक्राउ गरेको थिएन। हत्या स्वीकारेको भिडिओ प्रमाण पनि प्रहरीले लिएको छ। घटनास्थलमा गएर कसरी हत्या गरेको भन्नेसमेत भिडिओ प्रमाण प्रहरीले तयार पारेको छ।

प्रहरीको साविती वयानमा यसो भनेका थिए कार्कीले

आफूलाई सधैँ हेप्ने, सापटी लिएको रकमको ब्याज लिएको आदि कुराले लोकबहादुर तेजबहादुरसँग रुष्ट थिए । प्रहरी समक्ष बयानमा समेत लोकहादुरले सोही कुरा बताएका छन्। व्यक्तिगत रिसिईबीको कारण तेजबहादुरको हत्या गर्दा अन्य सदस्यहरुको समेत हत्या गर्न बाध्य भएको लोकबहादुरको भनाइ छ ।तेजबहादुर घरबाट निस्किएको लोकबहादुरले आफ्नो शौचालयबाट देखेका थिए। जब बिहानै तेजबहादुर घरबाट निस्किए, अनि लोकबहादुरले तेजबहादुरलाई आक्रमण गर्ने सोच बनाए।  अनि घर नजिकै रहेको दाउराको चाङबाट एउटा चिर्पट निकाले, अनि तेजबहादुर अगाडि बढेपछि उनी खोल्सीमा पुगेर तेजबहादुरमाथि आक्रमण गरे ।

तेजबहादुरले ‘लोकेले मा–यो, गुहार ‘’ भनेर चिच्याएपछि उक्त चिच्च्याहटका कारण तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना पनि देखेकी थिईन । घटनामा संलग्न लोकबहादुर कमला र रञ्जनालाई देखेपछि पोल खुल्ने डरले त्यसपछि कमलामाथि पनि त्यही चिर्पटले टाउकोमा प्रहार गरे। कमला भुँइमा लडेलगत्तै तेजबहादुरकी बुहारी रञ्जना बेहोस भएर ढलिन्। बेहोसी अवस्थामा पनि रञ्जनामाथि आक्रमण गरे। तेजबहादुर, कमला र रञ्जनालाई आक्रमण गरेको दुई बालबालिकाले पनि देखे। त्यसपछि उनीहरूमाथि आक्रमण गर्न खोज्दा उनीहरु भागे।उनीहरूलाई पनि लखेट्दै लखेट्दै टाउकोमै चिर्पटले हानेर हत्या गरेको हुन् । घरमा बुढी हजुरआमा पार्वती कार्कीलाई लोकबहादुरले गाई वस्तुलाई दिन कुँडो पकाइरहेकी पार्वती कार्कीलाई पनि आक्रमण गरी हत्या गरे। वरिपरि नदेखेको र कान पनि नसुन्ने कारण वृद्ध हजुरबुबा बौद्धमानलाई भने उनले केही गरेनन्। चिर्पटले सबैको हत्या गरेको खुलेको छ। घटनामा एकपछि अर्कोले देखेर पोल खोल्दिने डरले सामूहिक हत्या भएको पाइएको छ।

हत्याको अघिल्लो रात पनि मनमा अनेकौँ कुराहरू खेलेका प्रहरी समक्ष लोकबहादुरले बयान दिएका छन्। हत्यामा प्रयोग भएको चिर्पट वारदातपछि उनले जलाएको बताएका छन्। उनी मानिसक रोगीसमेत भएको प्रहरी बताउँछ। लोकबहादुरले एक वर्ष अघिदेखि औषधि सेवन गर्दै आएका छन्। तेजबहादुर थिए निशाना, अरुले देखेपछि एउटै चिर्पटले हानें योजना वनाएका रहेछन ।अभियुक्तको प्रहरीसमक्ष लोकबहादुरले भनेका छन्,‘निक्कै अपमान गरेपछि काकालाई मार्ने लक्ष्य लिएको थिएँ, सबैले देखेपछि चिर्पटले हानें अनि उक्त चिर्पट अगेनामा डढाएँ।’ यसरी प्रहरीले सवै सवुत प्रमाण सहित पाचौं दिनमा अपराधी पत्ता लगाउन सफल भएको छ । प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसीले अनुसन्धान प्रति हौसला एवै उत्कृष्ट निर्देशनमा रहेको कारण अपराधी पाँचै दिनमा पक्रन सफल भएको छ प्रहरी ।प्रहरीले आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी आरोपित लोकबहादुरलाई सार्वजनिक गरेको थियो ।घटना अवधी भर अनुसन्धानको नेतृत्व एसपी भीम दाहालले गरेका थिए। प्रहरीले स्थानीयकै घरमा बसेर अनुसन्धान गर्न थालेको थियो।आफन्त मरेपछि सामान्य मानिसको जस्तो हुनुपर्ने स्वभाव पनि उनको नपाएको उनले बताए। लोकबाहादुर काम गर्न केही वर्षअघि मलेसियामा गएका थिए। केही समय काम गरेर बिरामी भएपछि उनी फर्किएका थिए। विदेशबाट फर्किएपछि उनको स्वभाव फरक थियो।’बिरामी भएर काम गर्न नसक्ने भएपछि फर्किएको बुझियो। गाउँघरमा बुझ्दा उनी त्यहाँबाट फर्किएपछि आफ्ना बुवा र भाइहरूसँग अलि आक्रमक, झै–झगडा गर्ने खालका कुराहरू आयो,’ उनले भने,’उपचार गराएर औषधीहरू पनि लिने गरेको जानकारी पायौं।’’परिवारमा सबै हट्टाकट्टा थिए। तर लोकबहादुर अलि अल्छी गर्ने, बोलाउँदा पनि नजाने स्वभावका कारण तेजबहादुरले सम्झाउने गाली गर्ने, सम्पत्ति कमाउन सकिनस् भन्ने कुराहरू गर्दा रहेछन्।

यो पनि 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार