• ट्रेण्डिङ :

अबैध लागूऔषध सहित ८ जना पक्राउ

अबैध लागूऔषध सहित ८ जना पक्राउ

cnewsnepal

मंगलबार, साउन १९ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं, १८ साउन । काठमाडौं महानगरपालिका-१५ किमडोल डेरा गरी बस्ने धनकुटा घर भएका ३३ वर्षीय
पूर्णचन्द श्रेष्ठलाई करिब ३३ ग्राम अबैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध लुकाई राखेको भन्‍ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनको कोठा तलासी लिने क्रममा र्‍याकमा लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-३ बाट १२ ग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-१० ईलामेली टोल बस्ने २४ वर्षीय समिर राई र हल्दिबारी गाउँपालिका-१ बस्ने २० वर्षीय सुवास न्यौपाने रहेका छन् ।

मे.८ प ७३९२ नम्बरको भारतीय नम्बरको प्लेटको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा, मेचीनगर नगरपालिका-२ भृकुटी चोकबाट १ ग्राम अबैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २१ वर्षीय सुलन देवान र २० वर्षीय मिङमा तामाङ रहेका छन् ।

डब्लुबी ७४ आर ६५०४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरूलाई उक्त खैरो हेरोईन सहित फेला पारी पक्राउ गरेको हो


सिन्धुली, मरिण गाउँपालिका-३ बरुण बस्ने मान बहादुरको घरबाट ४० केजी अबैध लागूऔषध गाँजा सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मान बहादुर, उनकै छोरा हेम बहादुर घलान र उनकै बुहारी भिम माया घलान रहेका छन् ।

मान बहादुरले गाँजा किनी गोठमा लुकाई राखेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरी गोठ तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार