• ट्रेण्डिङ :

अब यी राजधानीका अस्पतालहरूबाट स्वाब संकलन हुन्छन : स्वास्थ्य मन्त्रालय

अब यी राजधानीका अस्पतालहरूबाट स्वाब संकलन हुन्छन : स्वास्थ्य मन्त्रालय

cnewsnepal

मंगलबार, साउन २० २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


२० साउन, काठमाडौं । कोरोना संक्रमणको राेकथाम तथा जाचका लागि उपत्यकाको १४ अस्पतालवाट स्वाब संकलन गर्ने भएकाे छ ।
शंकास्पद बिरामीका लागि स्वाब संकलन गर्न काठमाडौं उपत्यकाको १४ अस्पताल तोकेको स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे ।
काठमाडौं उपत्यकाको हकमा चन्द्रागिरिमा रहेकाे सशस्त्र प्रहरी बल अस्पताल बलम्वु,नेपाल प्रहरी अस्पताल महाराजगन्ज,सिभिल अस्पताल,त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र अस्पताल, प्रसुति गृह,पाटन अस्पताल, टेकु अस्पतालस्टार अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल स्वाब संकलन स्थलको रुपमा तोकिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा.डा.जागेश्वर गौतम, बिहान ९ देखि १ बजेसम्म गई स्वाब परीक्षण गराउन सक्ने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार