• ट्रेण्डिङ :

अस्पताल भर्ना भएका श्रेष्ठको स्वास्थ्यस्थितिबारे प्रधानमन्त्रीले लिए जानकारी

अस्पताल भर्ना भएका श्रेष्ठको स्वास्थ्यस्थितिबारे प्रधानमन्त्रीले लिए जानकारी

cnewsnepal

बुधबार, मंसिर २० २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

बुधबार बिहान बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेर प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा संलग्न चिकित्सकहरूलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरूलाई आग्रह गरेका छन् ।

नियमित स्वास्थ्य परीक्षणका क्रममा मन्त्री श्रेष्ठ मङ्गलबार उक्त केन्द्रमा भर्ना भएका हुन् ।

उनलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको तथा उनको स्वास्थ्यस्थिति सामान्य रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार