१२ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक आईजी वसन्तबहादुर कुँवरले संगठनले आन्तरिक शुद्धीकरणको नीति लिएकाले राम्रोसँग काम गर्न हालै सरुवा भएका प्रहरी नायव उपरीक्षक ९डीएसपी० हरुलाई निर्देशन दिएका छन् ।
हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी नायव उपरीक्षकहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले आफ्नो जिम्मेवारी पूरा गर्न थप सक्रिय हुनुपर्ने
बताएका हुन् ।
आईजी कुँवरले व्यक्तिगत स्वार्थ भन्दा पनि नागरिकलाई केन्द्रमा राखेर नागरिकको विश्वास जित्ने गरी कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै आ९आफ्नो कार्यक्षेत्रमा सामूहिक भावनाका साथ प्राप्त जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
प्रहरी महानिरीक्षक कुँवरले व्यक्तिगत स्वार्थ भन्दा पनि नागरिकलाई केन्द्रमा राखेर नागरिकको विश्वास जित्ने गरी कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै आ९आफ्नो कार्यक्षेत्रमा सामुहिक भावनाका साथ प्राप्त जिम्मेवारी पूरा गर्नुपर्ने बताए । आ९आफ्नो कार्यक्षेत्रको अवस्था, समस्या एवम् चुनौतिको विश्लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई काम गर्नुपर्ने उल्लेख गर्दै शान्ति सुव्यवस्था कायम गर्न स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
राजस्व चुहावट नियन्त्रण तथा तस्करी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न उनले निर्देशन दिए । लागूऔषध नियन्त्रण तथा रोकथाम, फरार अपराधी पक्राउ, जघन्य अपराधको साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन तथा त्यस्ता गतिविधि विरूद्ध सचेतना अभिवृद्धि गर्न क्रियाशील हुनुपर्ने उनले बताए ।
विपद्का घटना सम्बन्धित निकायसँग समन्वय गरी कार्य सम्पादन गर्नुपर्ने तथा भिड नियन्त्रणमा बल प्रयोगको सिद्धान्तलाई आत्मसात् गरी उचित प्रहरी परिचालन तथा व्यवस्थापन गर्नुपर्ने उनले उल्लेख गरे । हिरासत व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने,आफ्नो बोली वचनमा सुधारगर्दै नागरिकमैत्री व्यवहार गर्नुपर्ने, संगठनप्रति निष्ठावान हुनुपर्ने, प्रचलित कानूनलाई ध्यानमा राखेर मातहत प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउँदै परिणाममुखी काम गर्न निर्देशन दिए ।
यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराधअनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई
समसामयिक विषयमा निर्देशन दिएका थिए ।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त