६ असोज, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सोमबार ग्रीसतर्फ प्रस्थान गरेका छन् । एथेन्समा हुन लागेको ३८ औं ‘इन्टरनेश्नल इन्फोर्समेन्ट कन्फरेन्स’मा सहभागी हुन उनी त्यसतर्फ गएका हुन् ।
लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी दिनेश आचार्य समेत उनीसँगै भ्रमण टोलीमा छन् । सम्मेलन ८ देखि १० असोजसम्म चल्नेछ ।
आईजीपी कुँवरको विदाइ गर्न प्रहरी उच्च अधिकृतहरु विमानस्थल पुगेका थिए ।
उनी ग्रीसमा रहेका बेला एआईजी टेकप्रसाद राईले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक नेतृत्व सम्हाल्ने नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त