• ट्रेण्डिङ :

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

cnewsnepal

बिहिबार, असार १२ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट काठमाडौं र पर्साका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ३२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

काठमाडौं,टोखा नगरपालिका ११ बाँनियाटार बस्ने नुवाकोट ककनी गाउँपालिका ७ घर भएका २८ वर्षीय अशोकराज थपलियाको मोटरसाइकल वर्कशप नजिक रहेको सटरबाट ग्याँस लिक भई बिहीबार बिहान आगलगी हुँदा ल्यापटप, मोटरसाइकलका पार्टसहरु, विभिन्न कम्पनीको ५ वटा मोटरसाइकल र लगायतका अन्य सरसामान जलेर करिब ३० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

पर्सा,वीरगंज महानगरपालिका २५बस्ने परमानन्द महतोको गोठमा लामखुट्टे धपाउनआगोबालेको आगोबाट बिहीबार बिहान आगलागीहुंदागोठपूर्णरुपमाजलेर करिब २लाखरुपैयाँ बराबरकोधनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार