• ट्रेण्डिङ :
मूर्तिहरू चोरी

इचंगुनारायणमा भक्तजनहरूले चढाएकाे मूर्ति मन्दिरकाे झ्याल फोडेर चोरिए

इचंगुनारायणमा भक्तजनहरूले चढाएकाे मूर्ति मन्दिरकाे झ्याल फोडेर चोरिए

चोरी भएका दायाँ र बायाँका मूर्ति। तस्बिर सौजन्य : प्रेमलाल श्रेष्ठ

cnewsnepal

बुधबार, साउन २० २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


२० साउन काठमाडौं । काठमाडौंकाे नागर्जुन ३ सयका स्थित इचंगुनारायण मन्दिरबाट मूर्तिहरू चोरी भएका छन्।

इचंगुनारायणको मन्दिरबाट झ्याल फोडेर भक्तजनहरूले चढाएका ४ वटा मूर्तिहरू चोरी भएका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशाेक सिंहले जानकारी दिए।

एसएसपी सिंहले भने,” रातकाे समयमा चढाएका मूतिहरू चाेरी भएपछि हामीले अनुसन्धान गरिरहेका छाै,सानो खालका राधा-कृष्णका चार थान मुर्ती चोरी भएको छ,दुई थान राधा र दुई थान कृष्णका ती मूर्तिहरू ढलौटका र पितलका थिए ।”

वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक (डिएसपी )मिलन केसीले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वाईके पाण्डे र सुर्यमान श्रेष्ठले चढाएकाे मूर्ति रहेकाे पाईएकाे बताए ।काठमाडौंका चार नारायणमध्येको कान्छो नारायण इचंगुनारायण मन्दिर चिनिदै आएकाे छ ।

नागर्जुन नपाका वडा अध्यक्ष प्रेमलाल श्रेष्ठले दिएकाे जानकारी अनुसार दुई तलाको मन्दिरमा तल्लो तलामा इचंगुनारायणको मूर्ति छ। माथिल्लो तलाको झ्यालबाट पसेको देखिएकाे छ।

डिएसपी केसीले अनुसार “‘ग्रिल पनि फोडेको रहेछ,एक तला सकेपछि छानो छ र छानो मुनि एउटा सानो झ्यालजस्तो दुलो छ। त्यहाँबाट छिरेर तल आएर चोरी गरेको रहेछ,’ उनले भने।

महानगरीय प्रहरी बृत्तका प्रहरी निरीक्षक हेमन्त बिक्रम थापाले मन्दिरमा चाेरी भएकाे खवर प्राप्त हुन साथ प्रहरी तत्कालै पुगेर अनुसन्धान गरिहालेकाे बताए । उनले मन्दिरमा रहेका सिसि टिभि काम नलाग्ने जस्तो अवस्थाका कारण समस्या भएकाे हुदा संवेदनशील स्थलमा स्थानीय तहले प्रविधिमा जाेड दिन आवश्यक रहेकाे बताए ।

बुधबार बिहान पूजारी जाँदा मूर्ति नदेखेपछि चोरी भएको थाहा पाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार